पुरुष भलिबलमा पुलिसको विजयी सुरुवात

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि सुरु पुरुष भलिबलको उद्घाटन खेलमा विभागीय नेपाल पुलिस क्लब विजयी भएको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु प्रतियोगितामा साबिक विजेता पुलिसले कर्णाली प्रदेशलाई २५–१६, २५–१२ र २५–११ अंकसहित ३–० को सोझो सेटमा पराजित गरेको हो।

लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा ११ टिम सहभागी छन् सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। खेलका प्रत्येक समूहको शीर्ष दुई टिम क्वार्टरफाइनल पुग्नेछन्।

सुझावित समाचार