सम्झनलायक रोजर फेडेरर

फेडेरर यति धेरै प्रिय हुनुमा र्‍याकेटमार्फत उनले देखाउने सीपको मात्र भूमिका छैन, उनले देखाउनेजस्तो करुणा, उनको जस्तो उचाइका खेलाडीमा कमै भेटिन्छ

मंगलबार, ११ असोज, २०७९
डिजिटल संस्करण

महारानी एलिजाबेथ द्वितीयालाई बिदा गरेपछि लन्डन अर्को महत्वपूर्ण बिदाइको साक्षी बन्यो । लेभरकपबाट बिदा लिएका रोजर फेडेरर सम्भवतः लन्डनमा हुने विमब्लेडनमा थप एकपटक भाग लिन चाहन्थे । आठपटकका विमब्लेन्डन जितेका फेडेररको त्यो चाहना पटकपटकको घुँडाको अप्रेसनले रोकिदियो । उनको शरीर ग्रान्डस्लाम प्रतियोगिताका लागि सबल रहेन । त्यसैले स्विट्जरल्यान्डमा जन्मिएका फेडेररले आफ्नो खेलजीवन लन्डनमा आयोजित विमब्लेडनबाट अन्त्य गरे । शुक्रबार उनले आफ्नो खेलजीवनका सबैभन्दा ठूला प्रतिस्पर्धी राफायल नाडालसँग जोडी बनाएर अन्तिम खेल खेले । 

फेडेररले अवकाशको घोषणा गरेपछि नै उनीप्रतिको सम्मान व्यक्त गर्न सुरु भएको थियो । अधिकांश सम्मानका शब्द उनको खेलको सौन्दर्य र कोर्ट भित्रबाहिर उनको शालीनताप्रति लक्षित थियो । तर, उनको विरासतको अर्को पक्ष पनि उल्लेखनीय छ । त्यो हो, करोडौँ मानिसहरूको फेडेररसँग महसुस गर्ने भावनात्मक सम्बन्ध, जुन टेनिस खेललाई खासै चाख नदिनेहरूले समेत महसुस गर्थे । यो सम्बन्ध नायकप्रतिको भक्तिभावभन्दा बढी थियो । 

अंकमा मात्र ध्यान दिने हो भने फेडेररलाई यस युगका तेस्रो उत्कृष्ट खेलाडीका रूपमा स्मरण गरिनेछ । २० प्रमुख च्याम्पियनसिप जितेका फेडेररलाई ट्रफीको हिसाबमा नाडाल(२२) र नोभाक जोकोभिच(२१)ले उछिनेका छन् ।

फेडेररको करियर झन्डै दुई दशक रह्यो । यस अवधिमा उनको उपस्थिति अनिश्चित विश्वमा एक निश्चित कुरा थियो । त्यसले एक आरामदायी अनुभूति गराउँथ्यो । उनी यस्ता खेलाडी थिए जसको अलौकिक खेल र अटल शालीनताले मानिसलाई प्रभावित बनाएरै छाड्थ्यो । फेडेररले खुसी दिए, साथमा विश्वास पनि । फेडररको सबैभन्दा महत्वपूर्ण जित सन् २००१ जुलाईको विमब्लेडनमा टेनिस खेलका अघिल्लो युगका महान् खेलाडी पिट सम्प्रासविरुद्ध भएको थियो । त्यसको दुई महिनापछि सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी आक्रमण भयो । त्यसयता विश्व एकपछि अर्को संकटमा फस्दै गएको छ । युद्ध, आतंकवाद, रोग, आर्थिक उतारचढाव, वातावरणीय विपद्, बढ्दो असहिष्णुता र अन्य खराबीको पृष्ठभूमिमा फेडेरर आफ्नो करिअरमा अघि बढिरहे । फेडेरर अन्य कुनै युगमा खेलेको भए पनि एक सम्मानित खेलाडी हुने थिए, तर अहिलेको यस उतारचढावपूर्ण युगमा उनी थप सम्मानित पात्र बने । 

अंकमा मात्र ध्यान दिने हो भने फेडेररलाई यस युगका तेस्रो उत्कृष्ट खेलाडीका रूपमा स्मरण गरिनेछ । २० प्रमुख च्याम्पियनसिप जितेका फेडेररलाई ट्रफीको हिसाबमा नाडाल(२२) र नोभाक जोकोभिच(२१)ले उछिनेका छन् । टेनिस खेलको महान् खेलाडीको प्रश्नमा फेडेररका कट्टर समर्थक पनि उनको पक्षमा बलियो तर्क नरहेको स्विकार्छन् । तर ट्रफीको संख्याले फेडेररले हामीलाई उनको दोस्रो जोडा नभेटिने महसुस गराएका छन् । निश्चित रूपमा नाडाल आफैँमा सम्मानित पात्र हुन्, तर फेडेररसँग हुने अपनत्व बढी सघन र फरक हुन्छ । अनौठो सुनिएला, तर मानिसहरूले फेडेररबाट जीवनदायी प्रेरणा हासिल गर्छन् । उनको जीवनदायी प्रभावबारेमा पुस्तक लेखिएका छन् (जस्तो फेडेरर एन्ड मी, फुट स्टेप्स अफ फेडेरर) ।

केही वर्षअघि ब्रिटिस संसद्मा ब्रेक्जिटबारे निष्कर्षविहीन बहसपछि बेलायतको हाउस अफ कमन्सका सभामुख जोन बरकोले निराशाका बीच कसरी आराम लिइरहने भन्नेबारे बताउँदै भनेका थिए– ‘यस्तो समयमा म केबाट आनन्द लिन्छु ? रोजर फेडेररले हिजो राति मायामिमा निकै उत्कृष्ट प्रदर्शन गरे । ’ फेडेररबाट आराम महसुस गर्ने कुरा हामीमध्ये धेरैले महसुस गरेको अनुभूति हो । उनले कोर्टमा देखाउने कलाबाट हामीहरूले स्वभावतः मजा लियौँ । टेनिस एक स्टाइलिस खेल हो, जुन फेडेररजति उत्कृष्ट हिसाबमा कसैले प्रदर्शन गरेनन् । खेल्दा ब्याले नर्तकजस्तो खुट्टाको चाल हुने फेडेररको सिग्नेचर सटलाई व्याख्या गर्दै उपन्यासकार डेभिड फेस्टर वालेसले ‘महान् तरल कोरा’ हानेजस्तो हातको चाल हुने भनेका छन् । 

फेडेररको विरासतको अर्को उल्लेखनीय पक्ष पनि छ– करोडौँ मानिसको फेडेररसँग महसुस गर्ने भावनात्मक सम्बन्ध, जुन टेनिस खेललाई खासै चाख नदिनेहरूले समेत महसुस गर्थे । यो सम्बन्ध नायकप्रतिको भक्तिभावभन्दा बढी थियो । 

फेडेरर यति धेरै प्रिय हुनुको कारण ¥याकेटमार्फत उनले देखाउने सीपको मात्र भूमिका छैन । उनले देखाउनेजस्तो करुणा, उनको जस्तो उचाइका खेलाडीमा कमै भेटिने गुण हो । क्रुरता बढ्दै गएको समयमा यो गुणले उनलाई अरूबाट प्रस्ट देखाउँछ । सन् २०१७ मा चोटबाट फर्किएर अस्ट्रेलियन ओपन जित्दा छाएको उत्साह डोनाल्ड ट्रम्पले भर्खरै कार्यकाल सम्हालेको समयको पृष्ठभूमिमा हेर्नुपर्छ । फेडेररको असम्भवजस्तो देखिने जित आक्रोशमाथिको विजयजस्तो देखिएको थियो । वालेसको ‘तरल कोर्रा’वाला लाइन फेडेररको खेलको महानतामा सन् २००६ मा लेखिएको निबन्धमा समेटिएको हो । त्यसको शीर्षक थियो –‘रोजर फेडेर एज रेलिजियस एक्सपेरियन्स(धार्मिक अनुभवका रूपमा रोजर फेडेरर) । साँच्चै त्यो शीर्षकले भनेजस्तै फेडेररको टेनिसमा अध्यात्मको अनुभूति भेट्न सकिन्छ, जसले स्वभावतः समर्पण निम्त्याउँछ । फेडेररले कलात्मक आनन्दभन्दा बढी प्रदान गरे । धेरै मानिसका लागि उनी एक झन्डुबामजस्तै एक आनन्ददायक अनुभूति थिए । जीवनमा निराशाका धेरै कारणबीच फेडेररमा शान्ति महसुस गर्न सकिन्थ्यो । अब त्यो पनि गुमेको छ । 

सुझावित समाचार