यसरी राखियाे दसैँघरमा जमरा [भिडियाे]

सोमबार, १० असोज, २०७९
डिजिटल संस्करण

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दू धर्मावलम्बीहरूको पर्व बडादसैँ आजदेखि सुरु भएको छ।

नवरात्रको पहिलो दिन आज हनुमानढोकास्थित दसैँघरमा विधिवत मन्त्रोच्चारणसहित जमरा राखिएको छ। घटस्थापनाको शुभसाइत १०ः२३ बजे जमरा राखिएको हो। सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो।

सुझावित समाचार