फुटबल खेलाडीले लगाए खेलकुद कार्यालयमा ताला

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा फुटबल खेलाडीले ताला लगाएका छन्। २१ भदौदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगितमा जुम्लाबाट खेलाडी सहभागी नगराएको विरोधमा कार्यालयमा ताला लगाइएको हो।

एक प्रेस विज्ञप्ति जारी गर्दै फुटबल खेलाडीले भनेका छन्, ‘जुम्लाबाट फुलबल खेलबाहेक अरू सबै खेल प्रतियोगितामा खेलाडी छनोट प्रतियोगिता खेलमा सहभागी गराएका छन्।’ 

कुनै प्रतियोगिता हुँदैन, छनोट मात्र हुने भन्ने भ्रममा पारेर फुटबल खेलाडीलाई छुटाएको रुबेन भण्डारीले बताए। उनले भने, ‘जुम्लाबाट ११ जना फुटबल खेलााडी माग गरिएको थियो। छनोट प्रतियोगिता हुने होइन। खाली खेलाडी हेरेर छनोट मात्र हुने हो भनेर भ्रममा पार्ने काम भयो तर छनोट प्रतियोगिता खेल नै भएपछि फुटबल खेलाडीले कार्यालयमा ताला लगाउनुपरेको हो।’ 

सुझावित समाचार