नेपालले गुमायो दोस्रो विकेट

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण

केन्यासँग पाँचौँ टी–२० खेलिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । दीपेन्द्रसिंह ऐरी १८ रन बनाएर विराज पटेलको बलमा क्याचआउट भए । 

ऐरी आउट हुँदा नेपालको स्कोर १२.५ ओभरमा एक सय पाँच रन छ । यसअघि ओपनिङ ब्याटर अर्जुन साउद २९ रन बनाएर आउट भएका थिए । 

नेपाललाई सुदृढ सुरुवात दिलाएका अर्जुन गोचेको बलमा क्रिजबाहिर निस्किएर ठूलो सट प्रहार गर्ने क्रममा स्टम्पिङ हुन पुगे । अर्जुन आउट हुँदा नेपालको स्कोर ६५ रन थियो । अर्जुन र अर्का प्रारम्भिक ब्याटर ज्ञानेन्द्र मल्लबीच राम्रो साझेदारी भएको थियो । 
 

सुझावित समाचार