फ्रान्समा आयोजित अल्ट्रा रेसमा जुम्लाकी सुनमाया दोस्रो

शनिबार, ११ भदौ, २०७९
डिजिटल संस्करण

विश्वकै चर्चित अल्ट्रा दौड युटिएफबी विश्व च्याम्पियनसिपको सय किलोमिटर दौडमा जुम्लाकी सुनमाया बुढाले रजत जितेकी छिन्। शुक्रबार राति फ्रान्समा सम्पन्न प्रतियोगितामा उनले सय किलोमिटर दौड ११ घन्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरी दोस्रो स्थान हासिल गरेकी हुन्।

शीर्ष स्थान भने फ्रान्सकी ब्लाडिनले जितेकी छिन्। उनले ११ घन्टा ४० मिनेट ५५ सेकेन्डमा दौडमा पूरा गरेकी हुन्। तेस्रो स्थानमा रहेकी अमेरिकाकी अबी हलभन्दा सुनमायाले २७ मिनेट पहिले दौड पूरा गरिन्। हलले १२ घन्टा १२ मिनेट ५६ सेकेन्डमा दौड जितिन्।

द नर्थ फेस एडभेन्चर टिममा आबद्ध सुनमायाले यसअघि थाइल्यान्डमा भएको दौडमा भने शीर्ष स्थान जित्न सफल भएकी थिइन्। गत वर्ष ’थाइल्यान्ड बाई युटिएमबी’ अल्ट्रा दौडमा जुम्लाकी सुनमाया महिलातर्फ पहिलो भएकी थिइन्। उनले १ सय १० किलोमिटर दौडतर्फ पुरूष खेलाडीलाई समेत टक्कर दिएकी थिइन्।

अल्ट्रातर्फकै ठूलोमध्ये एक युटिएमबी दौडमा पुरूष र महिलातर्फ समग्र नतिजामा तेस्रो भएर देशकै इज्जत राख्न सफल भएको सुनमाया बुढाका प्रशिक्षक धावक हरिबहादुर रोकायाले बताए। 

सुझावित समाचार