पशुपति आर्यघाटमा गिरिको अन्तिम बिदाइ (तस्बिरहरू)

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई पशुपति आर्यघाटमा दागबत्ती दिइएकाे छ। शनिबार राति उपचारका क्रममा उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो।

आर्यघाट ल्याउनुअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई बिहान ११ बजेसम्म मेडिसिटी अस्पताल र करिब २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो।  दागबत्तीपछि पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरू पशुपति आर्यघाटबाट फर्किएका छन्।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर स्वदेश फर्किएलगत्तै निमोनिया देखिएपछि गिरिलाई तीन साताअघि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनको निधनप्रति देश र विदेशका राजनीति नेतृत्वले दुःख व्यक्त गरेका छन्।

तस्बिरहरू :

सुझावित समाचार