भक्तपुरमा यसरी मनाइयाे गाईजात्रा (फोटोफिचर)

शुक्रबार, २७ साउन, २०७९
डिजिटल संस्करण

नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाईजात्रा पर्व आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार विभिन्न कार्यक्रम गरेर गाईजात्रा मनाउने गरिन्छ।

आजका दिन गाई वा मानिसलाई गाईको रूपमा सिँगारेर परिक्रमा गर्ने चलन छ। यसरी मानिसलाई गाईको रूपमा सिँगारेर नगर परिक्रमा गर्नाले वर्ष दिनभित्र दिवंगत भएकाहरूले धर्मशास्त्रमा वर्णित वैतरणी नदी सहजै पार गर्न सक्ने धार्मिक मान्यता रहिआएको छ। यस अवसरमा भक्तपुरमा पनि विभिन्न कार्यक्रम गरी गाईजात्रा पर्व मनाइएको छ।

तस्बिरहरू :

सुझावित समाचार