गण्डकी गाउँपालिका अध्यक्षले विद्यालयलाई दिए आफ्नो पहिलो भत्ता

बिहिबार, २६ साउन, २०७९
डिजिटल संस्करण
गण्डकी गाउँपालिका अध्यक्षले विद्यालयलाई दिए आफ्नो पहिलो भत्ता

निर्वाचित भएपछिको पहिलो महिनाको सेवा–सुविधाबापतकाे रकम ज्ञान मार्ग माध्यामिक विद्यालयलाई हस्तान्तरण गर्दै गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना ।

गत वैशाखमा स्थानीय तह निर्वाचनको प्रचारप्रसारका वेला दीपक तिमिल्सिनाले गण्डकी गाउँपालिकाको अध्यक्षमा आफू निर्वाचित भए पाँच वर्षसम्म पाउने भत्ता र अन्य सुविधाको सम्पूर्ण रकम सामाजिक कार्यमा लगाउने प्रतिबद्धता जनाएका थिए । 

उनी निर्वाचित पनि भए । र, निर्वाचित भएपछिको पहिलो महिनाको सेवा–सुविधा एक सामुदायिक विद्यालयलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष तिमिल्सिनाले एक महिनाको अवधिमा सेवा–सुविधाबापत प्राप्त ३६ हजार दुई सय रुपैयाँ ध्याल्चोकस्थित ज्ञान मार्ग माध्यामिक विद्यालयलाई हस्तान्तरण गरेका हुन् । 

ज्ञान मार्ग उनले अध्ययन गरेको विद्यालय हो । रकम हस्तान्तरणको क्रममा उनले जनप्रतिनिधिका रूपमा आफूले पाउने सम्म्पूर्ण सेवा सुविधाको रकम सामाजिक काममा खर्चने प्रतिबद्धता पुनः व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक डिबी गुरुङले सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै उनको प्रशंसा गरे । 
 

सुझावित समाचार