समृद्धि फाइनान्सद्वारा दुई ठाउँमा शैक्षिक सामग्री वितरण

बिहिबार, २६ साउन, २०७९
डिजिटल संस्करण

समृद्धि फाइनान्सले नारायणगढ र पोखरामा शैक्षिक सामग्री वितरण गरेको छ । फाइनान्सले भरतपुर महानगरपालिका नारायणगढमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय र पोखरा महानगरपालिका वडा नम्बर २१ मा रहेको श्री बयाली आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो । 

यस कार्यक्रमअन्तर्गत दुई सयजना विद्यार्थीलाई नौ सय थान कापी र दुई सय थान पेन वितरण भएको संस्थाका कामु प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए । फाइनान्सले समय–समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्य गर्दै आएको जनाएको छ ।

फाइनान्सले मुद्दति निक्षेपमा १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशत व्याजदरसहितका बचत खातासमेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर, १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । 
 

सुझावित समाचार