ट्राफिक विशेष चेकिङमा कडाइ, एक घन्टामा २३१ चालक कारबाहीमा

बुधबार, २५ साउन, २०७९
डिजिटल संस्करण
ट्राफिक विशेष चेकिङमा कडाइ, एक घन्टामा २३१ चालक कारबाहीमा

फाइल फाेटाे

ट्राफिक प्रहरीले विशेष चेकिङमा थप कडाइ गरेको छ। बुधबार बिहान एक घन्टामा दुई सय ३१ सवारीचालक कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ। आज बिहान साढे ७ बजेदेखि साढे ८ सम्म एक घन्टाको अवधिमा सो संख्यामा सवारीचालक कारबाहीमा परेका हुन्।

कारबाहीमा पर्नेमध्ये ९३ पानी बोक्ने सवारीसाधन, पाँच एम्बुलेन्स, एउटा प्रेसको साधनसहित कुल दुई सय ३१ सवारी साधनका चालक कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ। जसमा मदिरा सेवन गरी सवारीसाधन चलाउने तीन चालकसमेत कारबाहीमा परेका बताइएको छ।

सुझावित समाचार