कोभिडमा हिमालय एयरलाइन्सको सहयोग

शुक्रबार, २० साउन, २०७९
डिजिटल संस्करण

हिमालय एयरलाइन्सले  सन् २०२०/०२१ मा गरेको विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवेदन सार्वजनिक गरेको छ । हिमालय एयरलायन्सकी ब्रान्ड विभागीय प्रमुख उज्ज्वला दली र एयरलाइन्सका मेन्टिनेन्स एन्ड इन्जिनियरिङ विभागीय प्रमुख राजेशप्रसाद श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

प्रतिवेदन विमोचन कार्यक्रममा ब्रान्ड विभागीय प्रमुख उज्ज्वला दलीले भनिन्, ‘कोरोना संक्रमणको महामारीले विश्वभर जनजीवन प्रभावित त पार्यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकाले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहे । यस सन्दर्भमा सम्भव भएसम्म महत्वपूर्ण योगदान दिन सफल पनि भएको छ ।’ 

सन् २०२० मा देखा परेको कोभिड–१९ को प्रकोपसँगै हिमालयले नेपाल सरकारको कोभिड–१९ कोषमा १० लाख, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतका काम गरेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२१ मा पनि यस्तै कार्यमा हिमालय एयर केन्द्रित रह्यो ।

नेपाल सरकारसँग सहकार्य गर्दै भेरोसेल भ्याक्सिन दुई लाख डोज ल्याउन दुई करोड २५ लाखबराबरको चारवटा निःशुल्क कार्गो उडान गरिएको प्रतिवेदनमा उल्लेख छ । एयरलाइन्सले विगत पाँच वर्षदेखि बालबालिकाको सपना साकार पार्न ‘शिक्षातर्फका पाइलाहरू’ कार्यक्रमअन्तर्गत विपन्न बालबालिकाका लागि वार्षिक सहयोग गर्दै आएको जनाएको छ । 
 

सुझावित समाचार