साफ यू–२० फुटबल च्याम्पियनसिपको महत्वपूर्ण खेलमा नेपालले भारतसँग् लज्जास्पद पराजय व्यहोरेको छ । नेपाल ८–० गोलले पराजित भयो ।
फाइनल प्रवेशका लागि महत्वपूर्ण मानिएको खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । जारी प्रतियोगितामा अहिलेसम्मको सबैभन्दा ठूलो अन्तरको हार नेपालले आफ्नो नाममा लेखायो ।
नेपाल र भारतबीच पहिलो हाफ प्रतिस्पर्धात्मक थियो । नेपालले गोलका केही सुन्दर मौका गुमाएको थियो । ३५औँ मिनेटमा गोलकिपर ईश्वर गुरुङले गम्भीर त्रुटि गर्दा नेपालले पहिलो गोल खान पुगेको थियो । त्यसपछि दोस्रो हाफको खेल सुरु भएको पाँच मिनेटभित्रै दोस्रो गोल व्यहोरेको नेपाल त्यसपछि खेलमा कतै देखिएन । भारतीय स्ट्राइकरले एकपछि अर्को गर्दै नेपाली पोस्टमा ७ गोल थपे र भारत ८–० ले विजयी भयो ।
साफ यू–२० : भारतसँग लज्जास्पद हार, ८–० ले पराजित
२०औँ एसियाली खेलकुद आजबाट
४ हप्ता अघि
सुझावित समाचार
एनपिएलका लागि चिटिक्क पारियो त्रिवि मैदान
तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)लाई लक्षित गर्दै त्रिवि क्रिकेट मैदान चिटिक्क पारिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटको…
नेपाल प्रिमियर लिगलाई आइसिसीको मान्यता
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले औपचारिक मान्यता प्रदान गरेको छ। एनपिएलको त…
साेएब अख्तर एनपिएलका लागि नेपाल आउने
काठमाडौं । पाकिस्तानका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर साेएब अख्तर नेपाल आउने भएका छन्। हिमालय स्पोर्टसले नेपाल प्रिमियर लिगको तेस्रो …
आइसिसीको एसिया सम्मेलन नेपालमा हुने
काठमाडौं । ‘आइसिसी एसिया कन्फ्रेन्स’ नेपालमा हुने भएको छ। आइसिसीको एसिया सम्मेलन १९ देखि २१ नोभेम्बरसम्म हुने तय …
क्यानडाको जितले दबाबमा नेपाल
काठमाडौं/आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा क्यानडाले ओमानलाई ५८ रनले पराजित गरेपछि नेपाल दबाबमा आएको छ । ओमानको अल अमे…
ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न
नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्…