काठमाडौंका धराप फुटपाथ (फोटोफिचर)

शनिबार, १४ साउन, २०७९
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका सडकपेटीहरू सुरक्षित भई ढुक्कसँग हिँड्नयोग्य छैनन् । देशको संघीय राजधानी सहर काठमाडौंमा चिल्ला सडक, सफा अनि ह्विलचियर र दृष्टिविहीनका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो । तर, संघीय राजधानीको अवस्था त्यस्तो छैन । यहाँका फुटपाथमा पाइलापाइलामा अनगिन्ती अवरोध छन् । खाल्डोखुल्टी, फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । धेरै ठाउँमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ ।

त्यस्तै, अव्यवस्थित पार्किङले पनि सडकपेटी भरिभराउ हुन्छन्, महानगरले सडक पेटीमा राखिएका सवारी उठाएर त जान्छ, तर कहिल्यै पार्किङस्थलक बारेमा सोच्न सकेको देखिँदैन । कतिपय सडकपेटीमा नै बालुवा, तार गिटी अर्थात् निर्माणका सामग्री छरपस्ट हुन्छन् ।  

न्युज एजेन्सी नेपालले खिचेका असुरक्षित फुटपाथका तस्बिर :

See More On

सुझावित समाचार