नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पनि धितोपत्रको कारोबारमा जोड्ने भएको छ । विशेष गरी विप्रेषणलाई वैधानिक तबरले भित्र्याउने तथा त्यसबाट थप पुँजीको विस्तार गर्ने लक्ष्यका साथ बोर्डले प्राथमिक सेयर निष्कासनमा १० प्रतिशतबराबरको सेयर आरक्षण गर्ने नीति तय गरेको छ । त्यसका लागि धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मा संशोधन गर्ने भएको छ ।
बोर्डको चालू आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेश हमालले विप्रेषण पठाउने श्रमिकको हितका लागि यस्तो नीतिको प्रबन्ध गरिएको जानकारी दिए । धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न धितोपत्रसम्बन्धी कानुनमा आवश्यक संशोधन तथा परिमार्जन गरिने भएको छ ।
बोर्डलाई थप जवाफदेहितासहितको अधिकार सम्पन्न नियमन निकाय बनाउनका लागि धितोपत्र तथा वस्तु विनिमय बोर्डसम्बन्धी विधेयक तथा धितोपत्र व्यवसायीको नियमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन धितोपत्र विनियमसम्बन्धी विधेयकको मस्यौदा कार्य अगाडि बढाइने अध्यक्ष हमालले जानकारी दिए । साथै, धितोपत्र व्यवसायीको लागि संस्थागत सुधारसम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिने भएको छ । बजारमा हुने सूचना तथा विवरण प्रवाहको सहज एवं सदृढ व्यवस्था गर्न विवरण प्रवाह तथा प्राप्ति प्रणाली विकास गरिएकामा त्यसलाई थप प्रभावकारी बनाउने बोर्डको योजना छ । धितोपत्र बजारमा राफसाफमा आउन सक्ने समस्या समाधानका लागि आवश्यक अक्सन मार्केटको विकास तथा सञ्चालनसम्बन्धी अध्ययन गर्ने बोर्डको योजना छ ।
बोर्ड कर्मचारीको सेवा सर्त नियमावलीलाई समयानुकूल बनाउनुका साथै बोर्ड पदाधिकारीलाई आचारसंहिताले बाँध्नका लागि थप पुनरावलोकन एवं समसामयिक बनाउने लक्ष्य राखिएको छ । बोर्डले समग्र रूपमा वर्षभरि कार्यक्रमको ढाँचा तथा रूपरेखा सार्वजनिक गरेको छ ।
यसबाट नेपालको समग्र सेयर बजारको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ । सेयर बजारमा साना लगानीकर्ताको हितको संवर्धन गर्ने र ठूला लगानीकर्ताको अनावश्यक चलखेल नियन्त्रणका लागि समेत प्रभावकारी नीति तथा कार्यक्रमको प्रबन्ध गरिएको अध्यक्ष हमालले जानकारी दिए । रासस
वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सेयर कारोबारमा जोड्न नियमावली संशोधन गरिँदै
राष्ट्रिय गौरवका आयोजनाको लज्जास्पद प्रगति
३ हप्ता अघि
चीनतर्फका तीनवटै नाका बन्द
३ हप्ता अघि
सुझावित समाचार
एनआइसी एसिया बैंकको आकस्मिक सूचना : गम्भीर सुरक्षा जोखिमका कारणा वेबसाइट र अनलाइन सेवा अस्थायी बन्द
काठमाडाैं । एनआइसी एसिया बैंकले वेब प्रविधि (पिएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आफ्नो …
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको द…
चाडपर्वमा हुन सक्ने डिजिटल ठगीप्रति सचेत रहन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँको समयमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन आग्रह गरेको छ। बैंकहरू बन्द हुन…
आज कुन देशको मुद्राको विनिमयदर कति ?
काठमाडाैं । आज मंगलबार अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, युरोलगायतको विनिमयदर घटेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको …
एनटी फाइबरको सस्तो प्याकेजमा ग्राहकको आकर्षण, अब अनलाइनबाटै सेवा लिन सकिने
काठमाडाैं । नेपाल टेलिकमको एनटी फाइबर सेवाअन्तर्गत सस्तो र उच्च गतिको इन्टरनेट प्याकेजप्रति ग्राहकको आकर्षण बढेको छ। हालै टेलिकम…
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर दुई लाख ९० हजार दुई सय रुपै…