रुपन्देहीको तिलोत्तमामा ब्लुस्काई बिजनेस सोलुसन प्रालिको नाममा कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये दुईजनालाई प्रहरीले ठगी मुद्दा अघि बढाएको छ । अनलाइनमार्फत ठगी गरेको पाइएपछि ठगी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
तिलोत्तमा नगरपालिका– २ जानकीनगरस्थित प्रेमराज गुरुङको घरमा सञ्चालित ब्लुस्काई बिजनेस सोलुसन प्रालिबाट विद्युतीय अपराध भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले आइतबार खानतलासी गरेको थियो । तीनवटा तला भाडामा लिएर विभिन्न सामाजिक संजाल र एप्सहरूमार्फत दुई सयभन्दा बढी युवायुवतीलाई काममा लगाई अनलाइनमार्फत ठगी हुँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । अनुसन्धानको क्रममा विभिन्न व्यक्तिहरूलाई म्यासेज गरी बैंक लोन अफर गर्ने भनी प्रलोभन देखाउने, धम्की हैरानी दिने र अश्लिल सामग्रीहरूसमेत पठाई ठगी गर्ने गरेको पाइएको थियो । प्रहरीले आइतबार १ सय १५ जना पुरुष र ९८ जना महिला कर्मचारीसमेत २ सय १३ जनालाई निगरानीमा राखी अनुसन्धान अगाडि बढाएको छ । दुईजनाविरुद्ध भने मुद्दा दर्ता गरेको छ ।
प्रहरीका अनुसार मुख्य भूमिकामा रहेका दाङ घोराही– १३ का हिमाल बाठामगर र भारत बिहार प्रदेश गायविद्या पञ्चायत मचारीका जिसाद दबांगे भनिने निरञ्जन कुमारविरुद्ध ठगी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
कल सेन्टरबाट ठगी प्रकरण : पक्राउ परेकामध्ये दुईविरुद्ध ठगी मुद्दा
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
कपिलवस्तुका सिडिओले दिए राजीनामा
३ हप्ता अघि
सुझावित समाचार
बुधबार १० बजेसम्मका प्रमुख १० खबर
दसैँले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेल…
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यात्रुलाई सहज
काठमाडौं । बडादसैँको अवसरमा यात्रुहरूको सहज आवतजावतलाई लक्षित गर्दै नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बससेवाबाट सर्वसाधारण…
बाँकेको कपासीमा विद्युत् सर्ट भएर आगलागी, सात घर पूर्णरूपमा जलेर क्षति
बाँके । बाँकेकाे जानकी गाउँपालिका– ६, कपासीस्थित इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा सातवटा घर पू…
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको हृदयाघातबाट निधन
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदार्थ साहको निधन भएको छ। ८५ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंमा उपचार…
वीरगन्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँचजना पक्राउ
वीरगन्ज । क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ।वीर…
धर्मभित्रका विकृतिबारे बोल्दा धर्म परिवर्तनको आरोप लाग्ने गरेको आशिका तामाङको भनाइ
काठमाडौं । सांसद आशिका तामाङले धर्मभित्रका विकृति र विसंगतिबारे बोल्दा आफूलाई फरक–फरक धार्मिक पहिचानसँग जोडेर आरोप लग…