नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगलार्ई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ ।
क्यानले ८ असोजदेखि ५ कात्तिकसम्म काठमाडौं कीर्तिपुरस्थित टियू खेल मैदानमा नेपाल टी–२० लिग आयोजना गर्दै छ । क्यानले यस किसिमको प्रतियोगिता पहिलोपटक गर्न लागेको हो ।
क्यानले मंगलबार एक विज्ञप्ति जारी गरी पहिलो संस्करणको प्रतियोगितालाई आइसिसीले स्वीकृति दिएको जनाएको छ ।
प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै मान्यता दिइसकेको छ ।
यसअघि क्यानले नेपाल टी–२० लिग आयोजना हुने भएपछि नेपालमा आयोजना हुने अन्य फ्रेन्चाइज लिगहरूलाई मान्यता नदिइने बताइसकेको छ ।
नेपाल टी–२० लिगलाई आइसिसीको मान्यता
सुझावित समाचार
आइसिसी लिग– २ : नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य
काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत आफ्नो अन्तिम शृंखलाको खेलमा नेपालले ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेक…
ओमानविरुद्ध देव खनालको अर्धशतक
काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा ओपनर देव खनालले अर्धशतक पूरा गरेका छन्। अर्धशतक बना…
नेपाललाई दोस्रो झट्का, ईशान पाण्डे आउट
काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ। नेपालले दोस्रो विकेटका…
नेपालले पहिलो विकेट गुमायो, आशिफ सात रन बनाएर आउट
काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। ओपनर आशिफ शेख १२ बलम…
ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। अल अमिरात मैदानमा…
लिग २ मा आज ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल
काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग २ मा नेपालले आज सोमबार ओमानको सामना गर्दै छ। खेल ओमानको अल अमिरात मैदानमा नेपाली…