युएन हाउसअगाडि शरणार्थीको प्रदर्शन (फोटोफिचर)

सोमबार, २० असार, २०७९
डिजिटल संस्करण

विभिन्न देशबाट नेपाल आएका शरणार्थीले ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय (युएन हाउस) अगाडि प्रदर्शन गरेका छन्।

मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमा उल्लेख गरिएको अधिकार सुनिश्चित गर्न नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसिआर)सँग माग गर्दै बंगलादेश, अफगानिस्तानलगायतका देशका शरणार्थीले प्रदर्शन गरेका हुन्।

एक लाख १३ हजार पाँच सय भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्स्थापना गराइएको उल्लेख गर्दै उनीहरूले नेपालस्थित युएनएचसिआरले आफूहरूको माग सम्बोधन गर्न नसके आफूहरूलाई मुख्यालयकाे जिम्मा दिन माग गरेका छन्।

तस्बिरहरू :

सुझावित समाचार