कोकाकोलाको नयाँ प्रचार अभियान

मंगलबार, ३१ जेठ, २०७९
डिजिटल संस्करण

कोकाकोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’को दोस्रो संस्करण सुरु गरेको छ । यो वर्ष कम्पनीले ‘कोक उठाऊँ, आफूलाई जगाऊँ’ भन्ने ट्यागलाइनसहित क्याम्पेन सुरु गरेको हो । 

यो अभियानले कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिने कम्पनीले जनाएको छ । क्याम्पेनको उद्देश्य उपभोक्तालाई दिउँसोको अल्छीलाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेसिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु रहेको जनाइएको छ । 

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले यो क्याम्पेनमार्फत उपभोक्ताहरू जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोकाकोलाको साथले उनीहरूलाई उत्साह जगाउन सक्छ भन्ने सन्देश दिने बताए ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको छ । पक्कै पनि हामी सबै जनालाई दिउँसोको समय अल्छिलाग्दो हुन्छ । तर, त्यो पट्यारलाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्तालाई स्फूर्ति प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

सुझावित समाचार