आइजिपी नियुक्तिविरुद्धको मुद्दा न्यायाधीश माथेमाको इजलासमा

बुधबार, २१ बैशाख, २०७९
डिजिटल संस्करण

सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ तोकेको छ। सर्वोच्चले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दामा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकेको हो। 

नियुक्तिविरुद्ध एआइजी पोखरेलले १९ वैशाखमा सर्वोच्चमा मुद्दा हालेका हुन्।सरकारले गत आइतबार प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको थियो। रिटमा वरिष्ठलाई छाडेर कनिष्ठलाई नियुक्ति गरिएकाले नियुक्ति  बदर गर्न माग गरिएको छ।

सुझावित समाचार