उद्योग परिसंघको सल्लाहकारमा केसी

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनील केसी नेपाल उद्योग परिसंघको सल्लाहकार समितिको सदस्य मनोनीत भएका छन् । केसी एसिएन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) का संस्थापक पनि हुन् । 

परिसंघमा पूर्वसरकारी वरिष्ठ अधिकारीहरूलगायत निजी क्षेत्रमा विभिन्न विषयका विज्ञ व्यक्तित्वसहित २० सदस्य रहने प्रावधान छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले केसीलाई सल्लाहकार समिति सदस्यमा मनोनयन गरेको नेपाल - भारत उद्योग वाणिज्य संघले जनाएको छ । 

केसी युवा व्यवसायी तथा अन्तर्राष्ट्रिय मामिलाका जानकार हुन् । उनी लामो समयदेखि आर्थिक कूटनीतिको क्षेत्रमा सक्रिय छन् । केसीले नेपालमा सम्पन्न लगानी सम्मेलन तथा नेपाल उद्योग परिसंघको पूर्वाधार सम्मेलन आयोजनामा भूमिका निर्वाह गरेका थिए ।
 

सुझावित समाचार