जडीबुटी टिप्न गएका दुईको मृत्यु, ३४ हिउँमा फसे

हेलिकोप्टरबाट पनि उद्धार हुन सकेन, पाटनमा खाद्यान्न र औषधि छाडेर फर्कियो

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

जुम्लाको तातोपानी गाउँपालिका– ८ को गाग्रे पाटनमा जडीबुटी संकलन गरेर फर्किने क्रममा हिमपातको चिसोका कारण दुईजनाको मृत्यु भएको छ । तातोपानी– ८ की ३७ वर्षीया देवी शाही र वडा नं. ७ का ४६ वर्षीय मुन रावतको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए ।

भारी हिमपातका कारण ३४ स्थानीय दुई दिनदेखि पाटनमै फसेका छन् । प्रदेश सरकारले हेलिकोप्टरमार्फत पाटनमा केही दिनलाई पुग्ने खाद्य सामग्री तथा औषधि झारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढथापाले बताए । सिडिओ विजयाकुमारी प्रसाईंले राहत झार्ने क्रममा २० जना पाटनमा देखापरेको र ठाउँ–ठाउँमा धुवाँ देखिएकाले अरू पनि सुरक्षित रहेको अनुमान गरिएको बताइन् । 

See More On

सुझावित समाचार