धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ। सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ।
सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०५.५५ अंकले वृद्धि भई दुई हजार आठ सय ८५.५३ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.८१ अंकले बढेर ५३८.५३ मा पुगेको छ। नेप्सेमा उच्चा अंकको वृद्धि भए पनि कारोबार रकम खासै वृद्धि भएको छैन।
कुल दुई सय ३१ कम्पनीको एक करोड २१ लाख ५५ हजार चार सय ३२ कित्ता सेयर रु. ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ हजार मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर उकालो लागेको छ। बैंकिङ ४६.९९, व्यापार १४६.३३, होटेल तथा पर्यटन १४१.४८, विकास बैंक ३१८.२२, जलविद्युत् १८२.९, वित्त १५२, निर्जीवन बिमा ४३१.६१, उत्पादन १९७.७५, अन्य ८३.६९, लघुवित्त १७३.४६, जीवन बिमा ५४८.०६, सामूहिक लगानी कोष ०.२८ र लगानी ५.६९ अंकले उकालो लागेको छ।
आजको कारोबारपछि बजार पुँजीकरण रु. ४० खर्ब ७७ अर्ब ७९ करोड ४६ लाख ५३ हजार ६ सयबराबर पुगेको छ। कारोबारका आधारमा अपी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु. २६ करोड १५ लाख ६१ हजार एक सय ३४ बराबरको कारोबार भयो । यस्तै, दूरसञ्चार कम्पनी रु. २३ करोड ६२ लाख नौ हजार तीन सय आठ, एचआइडिसिएल रु. २३ करोड तीन लाख ९८ हजार तीन सय ७६, अरुण भ्याली हाइड्रोपावर रु. २१ करोड ९६ लाख ३६ हजार पाँच सय एक र माथिल्लो तामाकोसी रु. १४ करोड ११ लाख ७० हजार तीन सय ४१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।
पाँच कम्पनीको सेयरमा सर्किट
नेप्सेका अनुसार आज विभिन्न पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। ती कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछि सकारात्मक सर्किट लागेको हो। त्यसमा बिन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, शिव श्री हाइड्रोपावर, नेपाल पूर्वाधार बैंक, बुद्ध भूमि नेपाल हाइड्रोपावर रहेका छन्। यस्तै, अरुण भ्याली हाइड्रोपावर ९.०२, हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ८.८५ प्रतिशतले कमाए। त्यस्तै, मञ्जुश्री फाइनान्सको ऋणपत्र ३.२३, एनआइसी एसिया सेलेक्ट फन्ड २.२३, मेगा म्युचुअल फन्ड एक १.९३, सानिमा लार्ज क्याप फन्ड १.९० र एनआइबिएल समृद्धि फन्ड दोस्रोका लगानीकर्ताले १.३६ प्रतिशतले गुमाएका छन्। रासस
नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको सेयरमा सर्किट
सुझावित समाचार
पोखरालाई चलायमान बनाउँदै फ्लाई दुबई, १३ महिनासम्म टिकट बुकिङ खुला
६ महिनाका लागि खुलेको बुकिङ अवधि सात महिना थपियो, उडान नियमित हुनेमा पर्यटन व्यवसायी आशावादी
उदयपुरमा वार्षिक झन्डै ८ हजार मेट्रिकटन मासु उत्पादन, ६१ प्रतिशत जिल्लामै खपत
उदयपुर/ उदयपुरमा मासु उत्पादन बढ्दै गएको छ। गत आर्थिक वर्ष ०८२/८३ मा जिल्लामा सात हजार ७९१ मेट्रिकटन मासु उत्पादन भएको छ। यो…
नेप्सेमा पाँच दिनदेखि वृद्धि, २,६२१ अंकमा पुग्यो
काठमाडौं । बैंकिङ समूहमा देखिएको उच्च वृद्धिको बलमा सेयर बजार परिसूचक नेप्से बुधबार २१.३२ अंकले बढेर दुई हजार ६२१ अंकमा …
हटियामा राष्ट्रिय प्रसारणलाइन पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने
काठमाडौं । संखुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका– ३, हटियामा राष्ट्रिय विद्युत् प्रसारणलाइन विस्तार…
बाढी प्रभावितलाई ऋणको किस्ता बुझाउने म्याद थप
काठमाडौं/ १० भदौको भोटेकोशी र २५ असोजको बुढीगण्डकी बाढीबाट प्रभावित ऋणीले असोज मसान्तसम्म तिर्नुपर्ने साँवा तथा ब्याजको किस्ता …
पोखरा आइपुगे दसैँका भेडा–च्यांग्रा
प्रतिकिलो च्यांग्राको मासु दुई हजार दुई सय र भेडाको एक हजार सात सयसम्म