सम्झनाको हत्या गर्ने खत्रीलाई जन्मकैद फैसला

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

जिल्ला अदालत गुल्मीले रेसुंगा नगरपालिका–३ भाडगाउँकी २१ वर्षीया सम्झना बोहरालाई हत्या गरेर बोरामा फाल्ने ४७ वर्षीय लालबहादुर खत्रीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीले जिल्ला सरकारी वकिल कार्यालयको अभियोग मागदाबीबमोजिम जन्मकैद फैसला गरेको अदालतका फैसला कार्यान्वयन अधिकृत रामबहादुर कुँवरले जानकारी दिए । 

सम्झना २९ माघ ०७७ देखि परिवारको सम्पर्कमा थिइनन् । उनी हराएको दुई दिनपछि सासू टोमकला खत्रीले आत्महत्या गरिन् । परिवारले बेपत्ता बुहारीको खोजी र बुहारी र माइतीले मानसिक तनाव दिएर टोमकलाले आत्महत्या गरेको भन्दै प्रहरीमा दुरुत्साहनको मुद्दासमेत दर्ता गरे ।

प्रहरी प्रशासन घेराउ र नाराबाजी भए । प्रहरी प्रमुखको सरुवा भयो । आन्दोलनको नेतृत्व अभियुक्त खत्रीले नै गरेका थिए । बेपत्ता भएको १९ दिनपछि बोहराको शव घरनजिकको झाडीमा फेला पर्‍यो । 

See More On

सुझावित समाचार