गम्भीर प्रकृतिका विभिन्न घटनाको सुक्ष्म अनुसन्धान गरी निष्कर्षमा पुर्याउने महत्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को हो। अन्य तथा मातहतकै निकायले अनुसन्धान गर्न नसकेका मुद्दाको कारण पत्ता लगाउनसमेत सिआइबीमाथि भरोसा गरिएको हुन्छ। तर, त्यसरी अनुसन्धान गर्ने सरकारको भरपर्दो निकाय सिआइबीका एक प्रहरी कर्मचारी मुद्दा मिलाइदिने भन्दै पैसाको मोलमोलाई गरेको आरोपमा पक्राउ परेका छन्।
सम्पति शुद्धीकरणसम्बन्धी विभागमा परेको मुद्दा मिलाइदिन्छु भन्दै मोलमोलाइ गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी नायब निरीक्षक (सइ) विष्णु ढुंगाना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार नक्साल क्षेत्रबाट उनलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीमा परेको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो। उनीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसुर गरेको आरोप छ। मुलुकी अपराधसंहिताको परिच्छेद २१ को दफा २५३ मा यससम्बन्धी कानुनी व्यवस्था छ।
उक्त व्यवस्थानुसार कसैले कुनै व्यक्तिलाई निजको वा अरू कसैको कुनै क्षति पुर्याउने डर–त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरू कसैका लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको मानिनेछ। उक्त आरोप प्रमाणित भएमा कम्तीमा एक वर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्था छ। रासस
पैसा मोलमोलाइ गरेको आरोपमा सिआइबीका सइ पक्राउ
सुझावित समाचार
शनिबार १० बजेसम्मका प्रमुख १० खबर
एनपिएल : विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, प्लेअफ समीकरण पूरा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै सा…
बर्दियामा मिनी बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, १५ जना घाइते
बर्दिया/ बर्दियाको गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी बस र भारतीय मोटरसाइकल एकआपसमा ठोक्किँद…
गरिबीको पीडा : शव उठाउन र कात्रो किन्न चन्दा संकलन
अछाम/ भिरबाट खसेर गम्भीर घाइते भएका अछामको ढकारी गाउँपालिका–१, बासल्लाका ३२ वर्षीय बिर्खे बुढाको शनिबार जिल्ला अस्…
जनकपुर विमानस्थलमा रवि लामिछानेको स्वागत, सांसद तथा पूर्वमन्त्रीहरू सहभागी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जनकपुर विमानस्थलमा पार्टीका सांसद तथा पूर्वमन्त्रीहरूले स्वागत गरेका …
विपत् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण योजनामा समावेश हुन आवेदन खुला
ललितपुर/ राष्ट्रिय बाल अधिकार परिषद्ले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहा…
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा पदबाट राजीनामा
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। सभाबाट विश्वासको मत लिने घोषणा गरेका मुख्यमन्त्री यादवले व…