नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन शनिबार हुँदै छ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो। अधिवेशनको शनिबार मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ।
प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ। विशेष र सम्पर्क समितिले अनुकूलतामा सम्मेलन गर्ने बताइएको छ। प्रवास समितिको सम्मेलन शनिबार नहुने र छिट्टै सम्पन्न हुने उनले बताए।
सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ। प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्। प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ। विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन्।
माओवादीले यसअघि यही मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो। माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदै छ। राष्ट्रिय सम्मेलनमार्फत माओवादीले आगामी कार्यदिशा निर्माण गर्ने बताएको छ। रासस
माओवादीको प्रदेश सम्मेलन शनिबार
सुझावित समाचार
१२ वर्षमा कञ्चनपुरमा हात्तीको आक्रमणबाट १७ जनाले गुमाए ज्यान
कञ्चनपुरमा पछिल्ला वर्षमा मानव–वन्यजन्तु द्वन्द्वका घटना बढेका छन् । मानव बस्ती विस्तारसँगै वन्यजन्तुका वासस्थान र हिँड्डुल गर्…
हेटौँडामा साझा उत्सव बन्दै छठ
कुनै समय मधेशी समुदायमा सीमित रहेको छठ पर्व पछिल्लो समय हेटौँडामा सबै समुदायको साझा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा स्था…
२२ करोडको हेरोइनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ
२२ करोड रुपैयाँबराबरको लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । थाइल्यान्डको बैंककबाट आएका भारतको पुने घर भएका रिव…
नेपाल छिर्ने प्रयासमा हात्तीको हन्जा
सयभन्दा बढी जंगली हात्तीले नेपाल प्रवेश गर्न निरन्तर प्रयास गरेपछि धानबाली जोगाउन मेची किनारमा जाग्राम बस्दै स्थानीय
छठ पर्व : अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
आज उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको समापन
आइतबार १० बजेसम्मका प्रमुख १० खबर
मुगुमा भएको जिप दुर्घटनामा काठमाडौंका तीनजनाको मृत्यु मुगुमा भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते…