माओवादी अध्यक्ष प्रचण्डको सचिवालयमा हेरफेर

शुक्रबार, २६ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा हेरफेर भएको छ।  केही दिनअघि बसेको स्थायी समिति बैठकले सचिवालय हेरफेर गर्ने निर्णय गरेको हो। यसअघिका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह-इन्चार्जको जिम्मेवारी दिइएको छ भने प्रेस संयोजक विष्णु सापकोटालाई पनि हटाइएको छ।

उनलाई प्रेस सेन्टरको साबिकको जिम्मेवारीमा पठाइएको छ। सचिवालय हेरफेर भएको सर्कुलरसमेत उल्लेख गरिएको छ। प्रचण्डको स्वकीय सचिवमा पूर्वविद्यार्थी नेता रमेश मल्ललाई ल्याइएको छ।

सुझावित समाचार