सर्वोत्तम सिमेन्टले गर्‍याे प्राविधिकसँग अन्तर्क्रिया

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक र काभ्रेका विभिन्न स्थानमा भवन निर्माणमा संलग्न वरिष्ठ प्राविधिकहरूसँग अन्तर्क्रिया गरेको छ। उक्त अन्तर्क्रियामा कम्पनीका प्राेजेक्ट प्रमुख अभिषेक झाले ओपिसी सिमिन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे जानकारी गराएका थिए। उनले कम्पनीबाट उत्पादित उक्त सिमेन्टको उपयोगिताबारे बताएका थिए।

साथै घर बनाउँदा सिमेन्ट र डन्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्रविधिक रूपमा उपयुक्त तरिकाले कसरी गर्दा खपत कम हुनेबारे समेत जानकारी दिएका थिए।
कम्पनीका ब्रान्ड म्यानेजर गोपाल सारदाले समेत उत्पादनको बारेमा बोलेका थिए।
 

See More On

सुझावित समाचार