चालक अनुमतिपत्रको अनलाइन आवेदन सेवा अवरुद्ध भएको छ। यातायात व्यवस्था विभागले तीन दिनअघि मात्रै नयाँ चालक अनुमतिपत्रका लागि आवेदन खुला गरेको थियो। तर, विभागको सर्भर बिग्रिएकोले अनलाइन आवेदन सेवा अवरुद्ध भएको हो।
सर्भर बिग्रिएका कारण सेवाग्राहीले अनलाइन फारम भर्न सकेका छैनन्। विभागले भने सर्भरमा समस्या भएकाले मर्मतको काम भइरहेको बताएको छ। विभागका प्रवक्ता लोकनाथ भुसालले प्राविधिक समस्याले सर्भर बिगिएको बताए। उनले भने, ‘तीन दिनअघि फारम खुलेको थियो, कैयौँले आवेदन दिइसकेका छन्, अहिले सर्भरमा समस्या भएकोले अनलाइनबाट आवेदन बन्द भएको छ।’