कोकाकोला नेपालले कोभिड–१९ को संक्रमणविरुद्ध खटिएका अग्रपंक्तिका व्यक्तिहरूलाई कृतज्ञता व्यक्त गर्दै ‘धन्यवाद’नामक उपहार बक्स बाँढ्दै आएको छ । कम्पनीले ‘धन्यवाद’ थिमको दसैँ अभियानको एक हिस्साका रूपमा कोभिड–१९ को समयमा खटिएका स्वास्थ्यसेवा क्षेत्र र गैरसरकारी संस्थाजस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरूलाई समर्पित गरेर धन्यवाद प्रदान गरेको हो ।
आफ्नो अनग्राउन्ड एक्टिभेसनको आधा मार्ग पूरा भएकाले पाटन अस्पताल र वीर अस्पतालजस्ता दुई ठूला कोभिड–१९ अस्पतालका साथै अन्य गैरसरकारी संस्थाहरूलाई धन्यवाद प्रदान गरेको छ । कम्पनीले आरएनए–१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लु वेस्ट २ भ्यालु र सानो पाइलामा आफ्नो सहयोगको पहुँच पुर्याएको जनाइएको छ ।
अग्रपंक्तिका नायकहरूसँग संलग्न रहेर ‘धन्यवाद’ उपहार बक्समा कोकको बोतलका साथै कोकाकोलाको कन्टुर ग्लास समावेश रहेको जनाइएको छ । कोकाकोलाका ब्रान्ड एम्बेस्डर स्वस्तिमा खड्का पनि कार्तिक ८ गते वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्यसेवाका अग्रपंक्तिमा कार्यरत कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्नका लागि सहभागी भएको कम्पनीले जनाएको छ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले डेढ वर्ष सबैका लागि कठिन रहे पनि फ्रन्टलाइन कामदारहरूको मद्दतले गर्दा सम्भव नहुने चुनौती पनि पार गर्दै आएको बताए ।