नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट सेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन निर्देशन दिएको छ। सूचीकृत कम्पनीले आफ्ना सेयरधनीलाई प्रदान गरेको लाभांश सेयरधनीको बैंक खातामा जम्मा गर्दा बैंक स्टेटमेन्टमा सेयर रजिष्ट्रारको मात्र नाम आउने गरेका सन्दर्भमा बोर्डले सबै विवरण खुल्ने गरी लाभांश पठाउन निर्देशन दिएको हो।
हालैका दिनमा कुन कम्पनीको, कुन आर्थिक वर्षको र कुन दरको लाभांश हो भन्ने स्पष्ट हुन नसकेको भन्ने गुनासो आइरहेको छ। बोर्डले जारी गरेको निर्देशनअनुसार अब कम्पनीले आफैँ वा आफ्ना सेयर रजिष्ट्रारमार्फत सेयरधनीका बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रूपमा कम्पनीको नाम, आव, रकम आदि खुल्ने गरी पठाउनुपर्नेछ। साथै कम्पनीले यसरी लाभांश पठाउँदा क्लियरिङ हाउस लिमिटेडले तोकेका ढाँचामा सूचित गर्नुपर्ने विषयसमेत स्पष्ट खुलाउन बोर्डले निर्देशन दिएको छ।
सबै विवरण खुल्ने गरी लाभांश बैंक खातामा पठाउन बोर्डको निर्देशन
राष्ट्रिय गौरवका आयोजनाको लज्जास्पद प्रगति
२ हप्ता अघि
सुझावित समाचार
तातोपानी नाका तीन दिनका लागि खुल्ने
काठमाडौं । दसैँको समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी …
अब बुढीगण्डकी जलविद्युत् आयोजना प्राधिकरण मोडलमा
बुढीगण्डकीलाई प्राधिकरण मोडलमा निर्माण गर्ने गरी कानुन बनाउन मन्त्रिपरिषद्ले दियो स्वीकृति
थप ६ इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको कारबाही
यसअघि १४ कम्पनीलाई गरिएको थियो ५०/५० हजार जरिवाना
सामसङ ग्यालेक्सी ए१७ ५जी २४ महिनाको किस्ता योजनामा उपलब्ध
काठमाडौं । सामसङ मोबाइल नेपालले चाडपर्वको अवसरमा ग्यालेक्सी ए१७ ५जीका लागि २४ महिनाको किस्ताबन्दी (इएमआई) सुविधा ल्याएको…
दसैँका लागि दुबई पुग्यो डिडिसीको याक चिजसहित थप १५ सय किलो घिउ
काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)को थप एक हजार पाँच सय किलो घिउ र याक चिज संयुक्त अरब इमिरेट्स (युएई)को दुबई पुग…
कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्सको निरन्तरता
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्स र एसियन पेन्ट्स नेपाल प्रालिबिच सहप्रायोजन सम्झौता भएको छ।…