सुनको मूल्य सय रुपैयाँले वृद्धि

बुधबार, ३ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९१ हजार चार कायम भएको छ। छापावाल सुन सोमबार प्रतितोला ९१ हजार तीन रुपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी तथा रत्न आभूषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मंगलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार नाै सय रुपैयाँमा कारोबार हुनेछ जुन सोमबार प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार दुई सय ३५ पुगेको छ।

सुझावित समाचार