दसैँघरमा जमरा राखियो (फोटोफिचर)

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

वसन्तपुरको मूलचोकस्थित दसैँघरमा जमरा राखिएको छ। देशमा कुनै बिघ्नबाधा नआओस् भन्ने मान्यतासहित यहाँ राष्ट्रको तर्फबाट विधिअनुसार जमरा राखिन्छ। ११ बजेर ४६ मिनेटको शुभसाइतमा जमरा राखिएको हो।  शुभसाइतमा नेपाली सेनाको बेदामा सार्दुलजंग गुल्मले बन्दुक पड्काएको थियो। जौ, गहुँ, धान र मकैलगायत टुसाउने अन्न जमराको लागि रोप्ने चलन छ। त्यस्तै उपत्यकाको भक्तपुर, पाटन दरबार क्षेत्रको मूलचोकमा जमरा राख्ने चलन छ। नेपाली सेनाले पनि हनुमानढोकास्थित नासलचोकमा जमरा राखेको छ। जमरा राखेसँगै नवौँ दिनसम्म दुर्गा भवानीको पूजा गरिन्छ।

सुझावित समाचार