पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

मंगलबार, १९ असोज, २०७८
डिजिटल संस्करण

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। ज्येष्ठ नागरिकहरूलाई बैंक तथा वित्तीय संस्थासम्म धाउन कठिन भएको भन्दै उनीहरूलाई पालिकाबाटै भत्ता दिन थालिएको हो।

पालिकाले बैंकसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ताबापत् सरकारबाट आउने रकम पालिकामै ल्याएको छ। उक्त भत्ता पालिकाका पाँचवटा वडा कार्यालयहरूबाट वितरण गरिने पालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले जानकारी दिए। उनले विकट क्षेत्रका बुढाबुढीलाई भत्ता लिन सहरसम्म पुग्नुपर्ने बाध्यता भएकोले उक्त सेवा पालिकाबाटै सुरु भएको जानकारी दिए।

‘यो क्षेत्रमा नजिकै बैंक सुविधा छैन। सहरसम्म पुग्न लामो यात्रा गर्नुपर्छ। त्यसैले पालिकाबाट उहाँहरूलाई भत्ता दिने व्यवस्था मिलाएका हौँ,’ सिङ्तानले भने। उनका अनुसार पालिकामा अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नेको संख्या चार सय रहेको  छ।

सुझावित समाचार