संखुवासभामा एकैदिन दुईजनाको शव फेला

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

संखुवासभामा एकैदिन फरक–फरक ठाउँमा दुईजनाको शव फेला परेको छ । शुक्रबार जिल्लाको मादी नगरपालिका वडा नम्बर ४ र पाँचखपन नगरपालिका वडा नं. ३ मा दुईजनाको शव फेला परेको हो ।

मादी नगरपालिका वडा नं. ६ फलाटे घर भएकी ७१ वर्षीय फुलमाया तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनी पाँच दिनदेखि घरबाट बेपत्ता भएकी थिइन् । खोजतलास गर्ने क्रममा शुक्रबार उनको शव भेटिएको हो ।

त्यसैगरी, पाँचखपन नगरपालिका वडा नं. ३ सिभुवा घरभएका ५९ वर्षीय शेरबहादुर राईको मसाने भन्ने ठाउँमा शव फेला परेको प्रहरीको भनाइ छ । उनी पनि घरबाट तीन दिनदेखि बेपत्ता बनेका थिए । मृतकहरू दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइँदै गरेको प्रहरीले जानकारी दिएको छ ।  
    
 

See More On

सुझावित समाचार