सन् २०२० को सुरुमा महामारी फैलिएको वेलादेखि नै बजारले चुनौती व्यहोर्नुपरे पनि उपभोक्ताले साथ दिएको निष्कर्षसहित कोकाकोला नेपालले ‘धन्यवाद’ लेखिएको लोगोसहित आफ्नो उत्पादन बजारमा ल्याएको छ । कठिन परिस्थितिमा साथीहरू, परिवार र फ्रन्टलाइन कामदारबाट आशा र समर्थन प्रदान गर्ने सहयात्रीका रूपमा उनीहरूलाई कृतज्ञता व्यक्त गर्दै कम्पनीले नयाँ लोगो ल्याएको हो ।
कम्पनीले अप्ठ्यारो समयमा सहयात्री बनेका हरेक व्यक्तिलाई धन्यवाद प्रकट गर्न आठवटा नयाँ लेबल प्रस्तुत गरेको जनाएको छ । यसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी र सेवाकर्मी रहेको जनाइएको छ । नियमित कोकका लेबलहरूलाई दसैँको अवसरमा धन्यवाद लेखिएको लेबलले साटिएको कम्पनीको तर्क छ । पाँच वर्षदेखि कोकाकोलाले ग्लोबल ‘सेयर ए कोक’ अभियानअन्तर्गत इनोभेटिभ विषयवस्तु प्रस्तुत गर्दै आएको उल्लेख गरेको छ । यो अभियान सम्बन्धलाई नजिक ल्याउनमा केन्द्रित रहेको कम्पनीको भनाइ छ ।
कोकाकोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले कोकाकोलाले यसपालिको दसैँ चाड उपभोक्तालाई महामारीको समयमा उनीहरूलाई प्रोत्साहित र प्रेरित गर्दै परिवारका सदस्य र साथीहरूप्रति आभार व्यक्त गर्दै मनाउन प्रेरित गरेको बताए । यसका साथै अग्रपंक्तिमा कार्यरत रहेका श्रमिकलाई सम्मान गरेर यो दसैँ रमाएर मनाउने उद्देश्य रहेको उनको भनाइ थियो ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले यस पर्वको मौसममा आफ्ना नयाँ कोक बोतलका माध्यमबाट फ्रन्टलाइन नायकहरू, परिवार र साथीहरूप्रति सम्पूर्ण देशको कृतज्ञता व्यक्त गर्न सक्षम भएको बताए ।