तस्करी गरेर ल्याएको १५० बोरा चिनी ट्रक र चालकसहित भन्सारमा बुझाइयो

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

सुनसरी प्रहरीले तस्करी गरेर ल्याएको एक सय साठी बोरा चिनी ट्रक र चालकसहित पक्राउ गरेर भन्सारमा बुझाएको छ ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले कोसी गाउँपालिका– १ लौकही बजारको भित्री सडकखण्डमा को. १ ख ५२१५ नम्बरको मिनी ट्रकबाट भन्सार छली गरेर ल्याएको  एक सय ६० बोरा चिनी पक्राउ गरेको हो । 

पक्राउ गरेको ५० केजी बोराका सबै चिनी  ट्रक  र चालक  सिन्धुली कमलामाई नगरपालिका– ४ बस्ने  ४८ वर्षीय  विरोध लामिछानेसहित सोमबार  कोसी ब्यारेजस्थित  सेतुबन्ध  भन्सार कार्यालयमा बुझाएको सुनसरी प्रहरीले जनाएको छ । 
 

See More On

सुझावित समाचार