लागुऔषधसहित मकवानपुरबाट एकजना पक्राउ

शुक्रबार, ८ असोज, २०७८
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी गाउँपालिकाबाट लागुऔषध अफिमजस्तो पदार्थसहित एकजना पक्राउ परेका छन्। प्रहरी चौकी भैँसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा दुई किलो एक सय ग्राम अफिमजस्तो पदार्थसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जिल्लाकै कैलाश गाउँपालिका– २ बस्ने २१ वर्षीय राजन मोक्तान रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। रिमालका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ।

सुझावित समाचार