डोल्पाको सदरमुकाम दुनैमा रहेको कृषि विकास बैंकको उपशाखाले स्थापना भएको ४४ वर्षपछि अत्याधुनिक बैंकिङ सेवा सुरु गरेको छ ।
सोमबारदेखि जिल्लामा शाखा रहेका अन्य सरकारी तथा निजी बैंकहरूले दिइरहेको बैंकिङ सेवासरह कृषि विकास बैंकले पनि सेवा सुरु गरेको हो ।
बैंकले निक्षेप संकलन, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस सेवा, एटिएम, डेभिड कार्ड, किसान कार्ड, डिम्याट,रेमिटलगायतका सम्पूर्ण बैंकिङ सेवा दिन सुरु गरिएको शाखा प्रबन्धक जनकराज रेग्मीले जानकारी दिए ।