प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ

बुधबार, १६ भदौ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन् । उनले  बुधबार काठमाडौं महानगरपालिका– १३ विष्णुमती करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो  अभियानको सुरुवात गरेका हुन् ।

सो क्षेत्रमा कपुर २५, समी २५, क्यालेन्ड्रा २०, टिकोमा १५, करविर १५ र वगमवेलीका ३० बिरुवा रोपण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले जानकारी दिए । 

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।

सुझावित समाचार