विश्व कुस्ती च्याम्पियनसिपमा पर्साका तीनजना सहभागी हुने

सोमबार, १४ भदौ, २०७८
डिजिटल संस्करण

विश्व कुस्ती च्याम्पियनसिपका लागि नेपालबाट सहभागी हुने चारजना खेलाडीमध्ये पर्साकै तीनजना परेका छन्। तीनजना कुस्ती खेलाडीमध्ये नेपाल प्रहरीका भागवत साहले ६१ किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। उनी पर्सा जिल्लाको बहुदरामाई नगरपालिका– ८ रामनगरीका स्थानीय बासिन्दा हुन्। एक सय १५ किलो तौल समूहमा प्रतिस्पर्धा गर्ने राज यादव, पर्सा जिल्लाकै पोखरिया नगरपालिका– १० बरवाका हुन्। 

त्यस्तै, ९७ किलो तौल समूहमा छनाेट भएका सुनीलकुमार साह पर्साकै विन्ध्यवासिनी गाउँपालिका– २ गर्दौलका हुन्। चारजनामध्ये एकजना नेपाल आर्मीका सुरेशकुमार साह चनारा ७४ किलो तौल समूहमा छनाेट भएका छन्। 

एक महिनापछि अक्टोबर २ देखि १० सम्म प्रतियोगिता नर्वेमा हुनेछ। नेपाल कुस्ती संघले विश्व च्याम्पियनसिपका लागि शनिबार काठमाडौंमा खेलाडी छनाेट गरेको थियो।

See More On

सुझावित समाचार