एसियन इन्स्टिट्युट अफ टेक्नोलोजी एन्ड मेनेजमेन्ट (एआइटिएम) कलेजमा बर्मिङ्हम सिटी युनिभर्सिटीका कार्यक्रम सुरु गरिएको छ।
कलेजले बर्मिङ्हम सिटी युनिभर्सिटीका मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन र बिएससी इन कम्पुटिङ एन्ड इन्फर्मेसन टेक्नोलोजी कोर्स सुरु गरेको हो । नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिट र ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको आतिथ्यतामा कलेजले युनिभर्सिटीका कार्यक्रमहरू उद्घाटन गरेको थियो ।
कलेजका अनुसार नेपालमा पहिलोपटक बर्मिङ्हम सिटी युनिभर्सिटीसँगका कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम उद्घाटन गर्दै बेलायती राजदूत पोल्लिटले एआइटिएम र बर्मिङ्हम सिटी युनिभर्सिटीबीचको साझेदारीले नेपालमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्न सक्षम रहेको उदाहरण प्रस्तुत गरेको बताएकी थिइन् । ललितपुर महानगरका प्रमुख महर्जनले बर्मिङ्हम सिटी युनिभर्सिटीसँगको सहकार्यले नेपाली शिक्षामा कोसेढुंगा प्रधान गरेको बताएका थिए । त्यस्तै, कलेजका सिइओ डा. रोशन राठीले कलेजले सधैँ उच्च गुणस्तरको अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरेको र आउँदा दिनमा बर्मिङ्हम सिटी युनिभर्सिटीमार्फत नेपालबाहिरबाट पनि विद्यार्थीलाई आकर्षित गर्ने बताए । कलेजले अन्तर्राष्ट्रिय व्यवस्थापन संकायको स्नातक पाठ्यक्रमहरूको समेत अध्यापन गराँउदै आएको छ । कलेजले यसअघि स्विट्जर्ल्यान्डका आइएमआई विश्वविद्यालयसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियाे ।