भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा चार रिट, भोलि पेसी

आइतबार, २४ साउन, २०७८
डिजिटल संस्करण

भूमिसम्बन्धी समस्या समाधान खारेजीको विरुद्ध सर्वोच्च अदालतमा चार रिट दर्ता भएका छन् । 

सर्वोच्च अदालतका अनुसार शुक्रबार र आइतबार गरी सर्वोच्चमा आयोग खारेजीविरुद्ध चार रिट दर्ता भएका छन् । 

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार चारवटै रिटको पेसी भोलिका लागि तोकिएको छ । 

‘भूमि आयोग खारेजीविरुद्ध चार रिट दर्ता भएका छन् । सबै रिटको भोलिका लागि पेसी तोकिएको छ,’ दाहालले नयाँ पत्रिकासँग भने । 

रिट दर्ताका लागि खारेज भएको आयोगका अध्यक्ष देवी ज्ञवालीसहितको चार रिट परेका छन् । ज्ञवालीले आइतबार आफैँ उपस्थित भएर रिट दर्ता गरेका थिए ।
 

सुझावित समाचार