राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाद्वारा राजीनामा घोषणा

आइतबार, १० साउन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिनुपरेको बताएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले राजीनामा दिन लागेको बताएका हुन्। 

‘प्रिय नेपाली समर्थकहरू, म राजीनामा दिन एन्फा जाँदै छु। एन्फाका वरिष्ठ उपाध्यक्ष यसका कारण हुन्। तीन सातादेखि उनले मसँग नाटक गरिरहेका छन्। मलाई आशा छ अब तपाईं खुसी हुनुभयो होला,’ उनले लेखेका छन्।

See More On

सुझावित समाचार