गण्डकी सरकार विस्तार, ६ मन्त्रीले लिए शपथ

शुक्रबार, ८ साउन, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ। सरकार विस्तार भएसँगै थपिएका ६ जना मन्त्रीलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ गराइन्। विस्तारित मन्त्रिमण्डलमा कांग्रेसबाट बिन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुनमन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिए।

यस्तै, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा मणिभद्र शर्माले शपथ लिए।  माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक थापाले वन, वातावरण तथा भू-संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी पाएका छन्। 
 

सुझावित समाचार