जिपको नयाँ कम्पास नेपालमा सार्वजनिक

मंगलबार, २२ असार, २०७८
डिजिटल संस्करण

नेपालका लागि जिप एसयुभीको आधिकारिक विक्रेता एमएडब्लू लाइफले सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट सार्वजनिक गरेको छ । जिप नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा लाइभ ब्रोडकास्टमार्फत सार्वजनिक गरिएको हो । 

नयाँ कम्पासमा आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचरको लामो सूची रहेको कम्पनीले जनाएको छ । नयाँ एसयुभी स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडल एस गरी चार ट्रिम र आठ भेरियन्टमा उपलब्ध रहेको जनाइएको छ । नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजार रुपैयाँदेखि १ करोड ३६ लाख ९० हजार रुपैयाँसम्म तोकिएको कम्पनीले जनाएको छ ।
 
विशेषता
नयाँ कम्पासमा इन्टिग्रेटेड डिआरएलसहितको रिभाइज्ड हेडलाइट, नयाँ फगलाइट हाउजिङ, ठूलो एयरड्याम भएको नयाँ डिजाइनको फ्रन्ट बम्पर र नयाँ एलोई ह्विल रहेको जनाइएको छ । यसमा पहिलेझैँ जिपको आकर्षक सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क पनि रहेको छ । 

इन्टेरियरमा भने परिवर्तन गरिएको कम्पनीले जनाएको छ । नयाँ कम्पासमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभिएसी कन्ट्रोल र बीचमा नयाँ १०.१ इन्चको टचस्क्रिन रहेको जनाइएको छ । यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डबल–स्टिच लेदर इन्सर्ट र नयाँ थ्री स्पोट स्टेरिङ ह्विल रहेको जनाइएको छ । नयाँ कम्पासमा एफसिएले निर्माण गरेको पाँचौँ पुस्ताको युकनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो रहेको छ । नयाँ फिचरमा डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर टेलगेट, ३६० डिग्री क्यामरा, भेन्टिलेसन फिचरसहितको ८ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल फ्रन्ट सिट रहेको कम्पनीले जनाएको छ । 

ग्राहकले ट्रिम र भेरियन्टअनुसार लेदर र फेब्रिक अपहोल्स्ट्रीमा डुअल टोन र फुल ब्ल्याक कम्बिनेसन पाउने जनाइएको छ । सुरक्षाका लागि फ्रिक्वेन्सी ड्याम्पिन सस्पेन्सन, ६ एयरब्याग, एन्टिरोल मिटिगेसन, ट्र्याक्सन कन्ट्रोल, इएससी, हिल स्टार्ट असिस्ट, इबिडीसहितको एबिएस, रेन ब्रेक असिस्ट, पार्किङ सेन्स र आइसोफिक्स चाइल्ड सिड माउन्टलगायत ५० भन्दा बढी सुरक्षाको व्यवस्था रहेको कम्पनीको दाबी छ ।

नयाँ कम्पास अघिल्लो मोडलझैँ दुईवटा पावरट्रेनमा उपलब्ध रहेको जनाइएको छ । १.४ लिटरको मल्टिएअर टर्बो इन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डिसिटी अटोमेटिक अप्सनमा उपलब्ध हुने जनाइएको छ । 

त्यसैगरी, २.० लिटर मल्टिजेट टू इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार