टू ह्विलर र थ्री–ह्विलर निर्माता टिभिएस मोटर कम्पनीले टिभिएस एनटर्क १२५ अन्तर्राष्ट्रिय बजारमा १ लाखभन्दा बढी युनिट बिक्री भएको छ । सन् २०१८ मा टिभिएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरका रूपमा बिक्री सुरु गरिएको थियो ।
सुरुदेखि नै यो स्कुटरले लोकप्रियता हासिल गर्दै गएको कम्पनीले जनाएको छ । धेरै वर्षमा ब्रान्ड इन्डस्ट्री फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको कम्पनीको दाबी छ । टिभिएसको सञ्जाल दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आसियनका १९ देशमा पुगेको कम्पनीले जनाएको छ ।
टिभिएस मोटर कम्पनीका निर्देशक एवं सिइओ केएन राधाकृष्णनले भने, ‘टिभिएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख बिक्रीको लक्ष्य हासिल गर्नु स्कुटरको स्ट्राइकिङ उपस्थिति, जडित टेक्नोलोजी र उच्च प्रदर्शन भएको टिभिएस एनटर्क १२५ ब्रान्डको अनुभवको एक विशेषता र हाम्रो प्रतिबद्धताको एक सुदृढीकरण हो ।’
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक सहिल अग्रवालले भने, ‘यो स्कुटर सबै ग्राहकबीच लोकप्रिय बनेको छ र म ढुक्क छु कि रेस एडिसनले धेरैभन्दा धेरै मनोरञ्जनको एलिमेन्टलाई प्रस्तुत गर्दै सबै ग्राहकलाई सन्तुष्टि प्रदान गर्नेछ ।’
टिभिएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटी–एफआई) रहेको पहिलो स्कुटर जनाइएको छ । यसमा टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी रहेको जनाइएको छ । नेपाली बजारमा एनटर्क १२५ रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसन गरी तीन मोडलमा उपलब्ध रहेको जनाइएको छ ।