नेपालीले बनाएको भिडियो प्यानलले विश्वमा चर्चा कमाउँदै

आइतबार, ९ जेठ, २०७८
डिजिटल संस्करण

इलामको एभरेस्ट कास्ट कम्पनीले निर्माण गरेको भिडियो  स्ट्रीमिङ कन्ट्रोल प्यानलले विश्वमा चर्चा कमाएको छ । छोटो समयमा नै विश्वका ५४ मुलुकले विभिन्न भिडियो स्ट्रीमिङ होस्टीङ प्रोभाइडर्स, टिभि च्यानल्स, आइपिटिभी, मिडिया एजेन्सी, धार्मिक संस्थाहरू, इन्टरनेट टिभी प्रोभाइडर्स, डेटासेन्टर्स, आइएसपी आदिले प्रयोग गरिरहेका छन् ।

आफूले निर्माण गरेको प्रविधि विभिन्न मुलुकमा प्रयोग हुँदा खुसी लागेको कम्पनीका संस्थापक तथा प्रबन्ध निदेर्शक जीवन नेउपानेले बताए । भिडियो प्यानल हाल १२ वटा भाषामा उपलब्ध रहेको छ । भविष्यमा अन्य भाषाहरूमा पनि उपलब्ध गराउने कम्पनीको योजना रहेको कम्पनीका संस्थापक नेउपानेले बताए । 

जीवन नेउपाने


भिडियो प्यानलको माध्यमद्वारा कुनै पनि टेलिभिजनलाई अनलाइनमा लाइभ गर्न सकिन्छ । कुनै स्थानमा भएका सभा, सम्मेलन, गोष्ठी, कार्यक्रम, खेलकुद आदिलाई इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष प्रसारण गर्न सकिन्छ । यसैगरी, कुनै पनि संवाददाताले कुनै पनि कार्यक्रमको सीधै आफ्नो स्मार्ट फोनबाट टेलिभिजनमा प्रत्यक्ष प्रसारण समेत गर्न सकिन्छ । साथै, कुनै पनि भिडियोलाई सर्भरमा अपलोड गरेर समयतालिका अनुसार प्रसारण समेत गर्न सकिन्छ ।

उक्त प्रसारणलाई फेसबुक, युट्युब, ट्इच, डेलिमोसन, पेरिस्कोप जस्ता विभिन्न सामाजिक सञ्जालमा प्रत्यक्ष तथा तालिकामा राखेररिले गर्न पनि सकिन्छ ।

सुझावित समाचार