प्रहरी जवानद्वारा आत्महत्या

मंगलबार, २८ बैशाख, २०७८
डिजिटल संस्करण

महोत्तरीमा एक प्रहरी जवानले आत्महत्या गरेका छन् । सोमबार मध्यरातमा आँपको रूखमा पासो लगाई उनले आत्महत्या गरेका हुन् । प्रहरी चौकी सम्सीबाट करिब सात सय मिटर उत्तर–पश्चिम खाली चौरमा रहेको आँपको बोटमा पासो लागेको अवस्थामा प्रहरी जवान २५ वर्षीय जितेन्द्र साहको शव भेटिएको हो ।

ड्युटी सकेर राति सुतेका साहले के–कति कारणले आत्महत्या गरे भन्ने अझै नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । 

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका – १ घर भई ढल्केबरस्थित प्रहरी गणमा दरबन्दी भई विगत सात महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत साहको जेठ ७ गते बिहे रहेको र बिहेकै लागि बिदा लिएर घर जाने तयारी रहे पनि मंगलबार बिहानै उनको  शव झुन्डिएको अवस्थामा फेला परेको हो । 

मृतक प्रहरी जवान साहको परिवारलाई खबर गरिसकिएको र परिवारका सदस्यहरू आएपछि थप प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ । 

सुझावित समाचार