निसानको म्याग्नाइट नेपालमा लन्च हुँदै

मंगलबार, ४ फागुन, २०७७
डिजिटल संस्करण

नेपालमा निसान गाडीका अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निसानको नयाँ गाडी सार्वजनिक गर्ने भएको छ । कम्पनीले फागुन १० गते नयाँ एसयुभी गाडी निसान म्याग्नाइट सार्वजनिक गर्न लागेको हो ।

नयाँ म्याग्नाइट गाडी देशभरका सोरुमहरूमा उपलब्ध गराइने हुँदा ग्राहकले ‘इन्जिनियर्ड इन जापान, इन्पायर्ड बाई इन्डिया’ एसयुभी गाडीको अनुभूति लिन पाउने कम्पनीले जनाएको छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार नयाँ निसान म्याग्नाइटको लन्च निसान गाडीको नेपाल बजार र ग्राहकप्रति प्रतिबद्धताको प्रतीक हो । बिग, बोल्ड, आकर्षक र करिस्म्याटिक एसयुभी विशेष आकर्षक मूल्यमा आउने उनको भनाइ छ । यसका साथै थुप्रै अफर पनि सार्वजनिक गरिने उनले बताए । 

निसानले आफ्नो उत्पादकत्वको विकास गर्दै ‘मेक इन इन्डिया, मेक फर द वल्र्ड’ भनेर दाबी गरिएको एसयुभीलाई विश्वभरि नै आरम्भ गरिरहेको जनाइएको छ । त्यसो गर्ने पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको सारडाले बताए । 

सुझावित समाचार